Section 64
कारबाहीको सूचना र हदम्याद
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अनुसार भन्ने सम्झी गरेका र कुनै कामको सम्बन्धमा भन्सार अधिकृत वा अरु कर्मचारी उपर मुद्दा चलाउने कारण र वादी हुनेको र निजको वारेस भए वारेसको नाम र ठेगाना खोली लिखित सूचना त्यस्तो भन्सार अधिकृत वा कर्मचारीलाई बुझाएको वा हुलाकद्वारा रजिष्टर गरी पठाएको र त्यसको एकप्रति नक्कल महानिर्देशकमा पेश गरेको दुई महिना ननाघी मुद्दा चल्न सक्ने छैन ।